Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी विश्वकप : आयोजक अमेरिकाको विजयी शुरूवात

अर्थ संसार

आइतबार, २० जेठ २०८१, ०९ : ४५ मा प्रकाशित

टिट्वान्टी विश्वकप : आयोजक अमेरिकाको विजयी शुरूवात

टिट्वान्टी विश्वकप २०२४ को उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको छ ।

डल्लासको ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा अमेरिकाले टस जित्दै फिल्डिङको निर्णय गर्यो । टस हारेको क्यानडाले पहिले ब्याटिङ गर्दै १९५ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो । टोलीका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन बनाउँदा निकोलस कीर्तनले ५१ र विकेटकिपर श्रेयस मोभाले ३२ रन बनाए । बलिङतर्फ अमेरिकाका अलि खान, कोरी एन्डरसन र हर्मित खानले एक-एक विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा १९६ रनको चुनौतीपूर्ण लक्ष्य अमेरिकाले तीन विकेटको क्षतिमा सजिलै हासिल गर्यो । टोलीले ओपनरद्वय स्टेभन टेलर र मोनाङ्क पटेललाई सस्तैमा गुमाए पनि त्यसपछि आएका एन्ड्रीयस गस र एरोन जोन्सले विशाल साझेदारी गर्दै टोलीलाई जीतको बाटो देखाए । गसले ६५ रन बनाउँदा जोन्सले सर्वाधिक ९२ रनको योगदान दिए । 

प्रतियोगिताको समूह 'ए' मा आयोजक अमेरिका, क्यानडालगायत आयरल्यान्ड, भारत र पाकिस्तान रहेका छन् । यसैगरी समूह 'बि' मा अस्ट्रेलिया, इङ्गल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान रहेका छन् । समूह 'सि' मा अर्को आयोजक वेस्टइन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पिएनजी रहेका छन् भने समूह 'डि' मा नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड, श्रीलंका र बङ्गलादेश रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको