Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी विश्वकप : अस्ट्रेलियाको जीतसँगै इङ्गल्यान्ड बन्यो भाग्यमानी, स्कटल्यान्ड भने सुपर आठमा पुग्न असफल

अर्थ संसार

आइतबार, ०२ असार २०८१, ०९ : ५९ मा प्रकाशित

टिट्वान्टी विश्वकप : अस्ट्रेलियाको जीतसँगै इङ्गल्यान्ड बन्यो भाग्यमानी, स्कटल्यान्ड भने सुपर आठमा पुग्न असफल

टिट्वान्टी विश्वकप २०२४ को आजको खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । सुपर आठमा पुग्न जित्नै पर्ने खेलमा स्कटल्यान्डलाई पराजित भएसँगै इङ्गल्यान्डको भने भाग्य खुलेको छ ।

सेन्ट लुसियास्थित मैदानमा भएको समूह 'बि' को खेलमा अस्ट्रेलियाले टस जित्दै फिल्डिङको निर्णय गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा १८० रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल रह्यो । टोलीका लागि ब्रेन्डन म्याककुलनले सर्वाधिक ६० रन बनाउँदा कप्तान रिची बेरिङटनले ४२ र जर्ज मुन्सेले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २ विकेट चट्काउँदा एस्टन एगर, एडम जाम्पा र नेथन इलिस १-१ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा ११० रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा सहजै पाँच विकेटको क्षतिमा पूरा गर्यो । टोलीका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रन बनाउँदा मार्कुस स्टोइनिसले ५९ र टिम डेभिडले २४ रनको योगदान दिए । स्कटल्याण्डका मार्क वाट र सफ्यान सरिफले दुई-दुई विकेट लिन सफल रहे ।

समूहचरणको खेल सकिँदा समान ५-५ अङ्कमा रहेका स्कटल्यान्ड र इङ्गल्यान्डमध्ये इङ्गल्यान्डले नेट रनरेटमा बाजि मार्दै सुपर आठमा प्रवेश गर्यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका बाबजुद एसोसिएट राष्ट्र स्कटल्यान्ड भने बाहिरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको