Like us!
Follow us!
Connect us!
Watch us!

टिट्वान्टी विश्वकप : ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाले शुरु गर्यो विश्वकप यात्रा

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १० : ०० मा प्रकाशित

टिट्वान्टी विश्वकप : ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाले शुरु गर्यो विश्वकप यात्रा

टिट्वान्टी विश्वकप २०२४ को आजको निकै रोचक खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । डेविड विसाले सुपर ओभरमा अलराउण्ड नायकीय भूमिका खेलेपछि नामिबियाले सहज जीत हासिल गर्यो ।

बार्बडोसको केन्नीङ्टन ओभलमा भएको समूह 'बि' को खेलमा नामिबियाले टस जित्दै फिल्डिङको निर्णय गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमान निर्धारित २० ओभरमा १०९ रनमै समेटिन पुग्यो । टोलीका लागि खलिद केलले सर्वाधिक ३४ रन बनाउँदा जिसन मक्सुदले २२ र आयान खानले १५ रन बनाए । बलिङतर्फ नामिबियाका रुबेल ट्रम्पलम्यानले ४ विकेट चट्काउँदा डेविड विसाले ३ र गेरार्ड इरास्मसले दुई विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा ११० रनको सहज लक्ष्य नामिबियाले निर्धारित २० ओभरमा पूरा गर्न सकेन । टोलीले २० ओभरमा ६ विकेट गुनाउँदै १०९ रनमै सीमित हुन पुग्यो । नामिबियाका लागि निकोलस डेभिनले २४ रन बनाउँदा जेन फ्राइलिङ्कले ४५ ९२ रनको योगदान दिए । ओमानका मेहरन खानले तीन ओभरमा ७ रन मात्र खर्चदै तीन विकेट लिँदा अन्य बलरले पनि निकै कसिकसाउ बलिङ गरे ।

सुपर ओभरमा नामिबियाले पहिले ब्याटिङ गर्दै २१ रन बनाउन सफल रह्यो । ओमानका लागि बिलाल खानले बलिङ गरेको ओभरमा नामिबियाका डेविड विसाले १३ र गेरार्ड इरास्मसले आठ रन बनाए । ब्याटिङ सँगै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नामिबियाका विसाले १० रन मात्र खर्चिए पछि सुपर ओभरमा ओमान पराजित हुन पुग्यो ।

प्रतियोगिताको समूह 'ए' मा आयोजक अमेरिका, क्यानडालगायत आयरल्यान्ड, भारत र पाकिस्तान रहेका छन् । यसैगरी समूह 'बि' मा अस्ट्रेलिया, इङ्गल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान रहेका छन् । समूह 'सि' मा अर्को आयोजक वेस्टइन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पिएनजी रहेका छन् भने समूह 'डि' मा नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड, श्रीलंका र बङ्गलादेश रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको