Like us!
Follow us!
Connect us!
Watch us!

तिहारका कारण देखाई सारिएको हिमालयन रि इन्स्योरेन्सको आईपीओको खास कारण आखिर त्यहिँ हो त ?

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, ०८ : २५ मा प्रकाशित

तिहारका कारण देखाई सारिएको  हिमालयन रि इन्स्योरेन्सको आईपीओको खास कारण आखिर त्यहिँ हो त ?

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आज एक सूचना जारी गर्दै कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपिओ निष्काशनको मिति एकाएक परिवर्तन गरेको छ।अब कम्पनीले अब मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपिओमा मंसिर १८ गतेसम्म अब खुला रहने गरि मिति परिवर्तन गरिएको छ। 

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो। जसमध्य पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता निष्काशन गर्ने तय भएको हो। यी संगै कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ। 

१०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो। आह्वान पत्रमा उल्लेख भए अनुसार कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन। 

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यस रेटिङ्गले समयमै वित्तीय दायित्व बहन गर्न कम्पनी पर्याप्त रुपमा सुरक्षित रहेको जनाउ दिन्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

कति सर्यो आइपिओ ?

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओ सार्नुको कारण नेपालीहरुको आउदै गरेको चाड तिहारलाई देखाइएको छ। तर, आइतबार मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आफुमा आएको उजुरीका विषय समेटेर धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सात दिनभित्र जवाफ दिन पत्र लेखेको छ ।यहिँ कारण पनि आईपीओको मिति परिवर्तन भएको आकलन सजिलै लाउन सकिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको