Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसारको नियमित आवाजको प्रभाव : सेबोनले गर्यो म्युचुअल फण्डलाई आइपिओ कोटाका सेयरमा ६ महिने लकइन

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, २१ : २० मा प्रकाशित

अर्थसंसारको नियमित आवाजको प्रभाव : सेबोनले गर्यो म्युचुअल फण्डलाई आइपिओ कोटाका सेयरमा ६ महिने लकइन

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोर्षलाई दिदै आएको आइपिओ कोटाका सेयरमा ६ महिने लकइन लगाउने व्यवस्था लागु गर्ने भएको छ। बोर्डले  धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम २०८० कार्तिक २१ गतेबाट लागु हुनेछ। 

सम्पूर्ण योजना व्यवस्थापकहरुलाई निर्देशन दिने बोर्डको निर्णयानुसार सेयर बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म कोटाका बिक्री गर्न नपाउने व्यवस्था लागु गरेको छ। तर धितोपत्र बाँडफाँड भएको मितिले छ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने बाधा पुग्ने छैन ।

सेबोनले यो व्यवस्था मिलाउन सिडिएस एण्ड क्लियरिङ्गलाई निर्देशन पनि दिएको छ। संगठित संस्थाको सार्वजनिक निष्काशन गर्दा धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने व्यवस्था रहेको छ। 

अर्थसंसारले म्युचुअल फण्डले सेयरले आफ्नो आरक्षणको सेयर निरन्तर फालेरले बजारमा असर परेको समाचार अर्थसंसारले निरन्तर सम्रेक्षण गर्दै आएको छ। 

म्युचुअल फण्डहरुका कारण सोनापुरको सेयरमा लगानीकर्ता प्यानिक !

म्युचुअल फण्डहरूले फ्याके पहिलो दिन नै हाथवे र मान्डु हाइड्रोको कोटामा आएका सेयर !

म्युचुअल फण्डहरुले आइपिओका आरक्षण सेयर राख्नै सक्दैनन्, पहिलो दिन मै फाले नेपाल रिपब्लिक मिडियाको सेयर

म्युचुअल फण्डहरुका अराजकताको पराकाष्ठा : आरक्षणको आइपिओ फेरि फालियो पहिलो दिनै, कम्पनीमा लाग्यो नेगेटिभ सर्किट

म्युचुअल फण्डहरुका अराजकताको पराकाष्ठा : आरक्षणको आइपिओ सेयर कमाई खाने भाडो, सर्वसाधारणलाई प्यानिक बनाउने खेल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको