Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डहरुले आइपिओका आरक्षण सेयर राख्नै सक्दैनन्, पहिलो दिन मै फाले नेपाल रिपब्लिक मिडियाको सेयर

अर्थ संसार

आइतबार, २१ साउन २०८०, २१ : १४ मा प्रकाशित

म्युचुअल फण्डहरुले आइपिओका आरक्षण सेयर राख्नै सक्दैनन्, पहिलो दिन मै फाले नेपाल रिपब्लिक मिडियाको सेयर

म्युचुअल फण्डहरुलाई आइपिओ आरक्षण दिनु हुदैंन भन्ने आवाज उठिरहेको बेला म्युचुअल फण्डहरुको गतिविधिले यस आवाजलाई अझै मद्दत पुग्ने काम गरिरहेको हुन्छ।  आज बजारमा पहिलो पटक कारोबार सुरु भएको नेपाल रिपब्लिक मिडियाको सेयरमा तेस्तै गतिविधि भयो। 

बिहानै यस कम्पनीको किन्ने बेच्ने सबै ब्रोकरको टियमसबाट नमिलेको खबर फैलियो। तर केहि समयपछि सबै ब्रोकर मार्फत कारोबार गर्न मिल्ने देखियो र समस्या सामसुम भयो । तर फेरि यसको सेयरमा 'अड लट कारोबार गराई चलखेल गरेको आरोप लाग्यो। 

नेपाल रिपब्लिक मिडियाको सेयरमा खेलियो यस्तो खेल, नेप्से भन्छ : 'अध्ययन गरेर कारबाही गर्छौं' 

नेप्सेले पनि आजको कारोबारलाई अनुसन्धान गरि कारोबार गर्न बताएको छ। 

हेर्नुहोस रिपोर्ट :



तेति मात्र नभई आजपनि म्युचुअल फण्डहरुले आफुले कोटा मार्फत प्राप्त गरेको नेपाल रिपब्लिक मिडियाको सेयर फाले। आज फण्डले ठूला ठूला कित्ता बजारलाई दिए जुन फण्ड बाहेक अरुको वशमा थिएन। सर्वसाधारणसंग ठूला कित्ता नभएको मौका छोपी फण्डले आफ्नो सेयर बेचे। यो पहिलो पटक भने होइन। 

म्युचुअल फण्डहरुका अराजकताको पराकाष्ठा : आरक्षणको आइपिओ फेरि फालियो पहिलो दिनै, कम्पनीमा लाग्यो नेगेटिभ सर्किट

म्युचुअल फण्डहरुका अराजकताको पराकाष्ठा : आरक्षणको आइपिओ सेयर कमाई खाने भाडो, सर्वसाधारणलाई प्यानिक बनाउने खेल

मार्केट मेकरका रुपमा परिचित हुन् पर्ने म्युचुअल फण्डहरुले आफुले आरक्षण बपात पाएको सेयरलाई कमाई खाने भाडो बनाएका छन्। कोटावापत पाएको सेयर लामो समय होल्ड गर्ने बजाय सुरुमै आफु निस्केर बजारलाई प्यानिक बनाउने र सर्वसाधारणलाई डुबाउने मनसाय फण्डहरुले राखेको देखिन्छ। आरक्षण बापतको सेयर कहिले फाल्ने भनेर म्युचुअल फण्डहरु बिच सल्लाह हुने र सामूहिक रणनीति बनाउने गरेको पनि आरोप फण्डहरुलाई लाग्ने गरेको छ।  बजारमा लाग्ने गरेका आरोपलाई अझै यस्ता गतिविधिले झनै टेवा पुर्याएको छ। स्थानीय मध्यम वर्गका लगानीकर्तालाई भने ३ वर्षको लकइन समय र सामूहिक लगानी कोषलाई भने कारोबार खुलेको पहिलो दिन नै सेयर कारोबार गर्न दिने नीतिबारे अब नियमकको ध्यान जान जरुरी छ।  अन्यथा भोलिका दिनमा पनि बजारमा फस्ने सर्वसाधारण नै हुनेछन्। 

तेति मात्र नभई फण्डहरुले आफ्नो कमाउने भाडो नै कोटाका सेयरलाई बनाएका छन र बजारमा सर्वसाधारणले भन्न थालेका छन्,म्युचुअल फण्डहरुले आइपिओका सेयर राख्नै सक्दैनन् "

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको