Like us!
Follow us!
Connect us!
Watch us!

हमालको लगानीकर्ता मैत्री बोल्ड निर्णय जुन अर्थमन्त्रीले रोकेर राखेका छन्, कारण के ?

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, ०९ : १२ मा प्रकाशित

हमालको लगानीकर्ता मैत्री बोल्ड निर्णय जुन अर्थमन्त्रीले रोकेर राखेका छन्, कारण के ?

कार्तिक १ गते रमेश कुमार हमाल नेतृत्त्वको नेपाल धितोपत्र बोर्डको संचालक समितिले ब्रोकरको कमिसन घटाउने लगानीकर्ता मैत्री निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा स्वयम अर्थमन्त्री डा. प्रकाश शरण महतले रोकेर राखेको बुझिएको छ। 

धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो । तर उक्त सर्वसाधारणको हकहितलाई प्रत्यक्ष असर गरे लगानीकर्तालाई फाइदा हुने फाइल निर्णय नगरि अर्थमन्त्रालयले रोकेर राखेको छ।  

के कारण धितोपत्र बोर्डको निर्णय कार्यान्वयनमा रोकिएको अर्थमन्त्रालयले नबताए पनि यो फाइल रोकिनुमा ब्रोकरले दिएको दबाब नै बुझिन्छ। केहि समय अगाडी पुराना तथा नयाँ ब्रोकरहरु अर्थमन्त्रीकोमा डेलिगेसन नै पुगेर धितोपत्र बोर्डले निर्णय गरेको कमिसन घटाउने निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए। 

कुनै बेला पानी बाराबारको स्थितिमा पुगेका पुराना तथा नयाँ ब्रोकरहरु  धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेपछि एक ठाउँमा उभिएका छन्।  केहि समय अगाडी एक अर्काको अस्तित्वलाई स्वीकार नगरेका पुराना तथा नयाँ ब्रोकरहरु भने नेपाल धितोपत्र बोर्डले  ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने निर्णयपछि ब्रेकअप जस्तो सम्बन्ध राखेका पुराना र नयाँ ब्रोकरहरुको  बिच प्याचप गरेका छन्। उनीहरु अब एक भएर ब्रोकर कमिसन नघटाउन सबै खालको पहल गर्ने निचोडमा पुगेको देखिन्छ। 

बोर्डले अब ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्ने प्रस्ताव गरेको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

बोर्डको निर्णय अर्थमन्त्रीले रोकेर राख्नुको अर्को कारण भनेको अर्थमन्त्री पुँजी बजार प्रति सकारात्मक छैनन्।  कहिले  पुँजी बजार अप्राकृतिक रुपले बढेको त कहिले जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे भन्दै भाषण गर्ने महत अहिले पुँजीबजारलाई विषयमा केहि निर्णय नगर्ने मनसायमा रहेको बुझिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको