Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, १० : ४५ मा प्रकाशित

सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

सपोर्ट लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीले करसहित १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो । 

कम्पनीले हालको चुक्ता पुँजी ५५ करोड ५६ लाखको १३.६८४२ प्रतिशतले हुन आउने एक करोड ३० लाख ३२ हजार पाँच सय ६८ रुपैयाँ नगद लाभांश बाँड्न लागेका हो । कम्पनीले लाभांशमध्ये १३ प्रतिशतले हुन आउने एक करोड २३ लाख ८० हजार ९ सय ४० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६ सय २८ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट पारित भएपछि लघुवित्तले बोनस वितरण गर्नेछ । लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको