कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश नबाँड्ने भएको छ ।
कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २०७९/८० आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । कम्पनीले आव २०७८/७९ मा ४.७३२१ प्रतिशत, २०७७/७८ मा १९.४७ प्रतिशत र २०७६/७७ मा ४.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको अन्तिम कारोबार मूल्य २ सय ९७ रुपैयाँँ २० पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस