Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफले सेयर संरचना परिमार्जन गर्दै, ४० प्रतिशत सर्वसाधारण सेयर बढाएर ४९ प्रतिशत बनाइने

अर्थ संसार

बुधबार, २२ कार्तिक २०८०, ११ : १८ मा प्रकाशित

एसियन लाइफले सेयर संरचना परिमार्जन गर्दै, ४० प्रतिशत सर्वसाधारण सेयर बढाएर ४९ प्रतिशत बनाइने

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयर संरचना परिमार्जन गर्ने भएको छ ।

कम्पनीले हाल रहेको ६०:४० को संस्थापक र सर्वसाधारण सेयर अनुपातलाई परिमार्जन गरि संस्थापक र सर्वसाधारण सेयर अनुपातलाई ५१:४९ बनाउने भएको हो । आफ्नो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेमा सेयरधनीले कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी दिनुपर्ने जनाइएको छ । 

कम्पनीको हालको प्रमोटर सेयर संख्या एक करोड ८९ लाख ३१ हजार आठ सय चार कित्ता रहेको छ । सेयर संरचना परिवर्तन गरेपछि कम्पनीको करिब २८ लाख ४० हजार थप कित्ता सेयर सर्वसाधारणमा परिणत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको