Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तले पुँजी संरचना परिवर्तन गर्ने

अर्थ संसार

आइतबार, १५ भदौ २०८२, १० : २८ मा प्रकाशित

सपोर्ट लघुवित्तले पुँजी संरचना परिवर्तन गर्ने

सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको भदौ १४ गते बसेको संचालक समिती बैठकले सेयर संरचना परिवर्तनको विशेष प्रस्तावसहित विशेषसाधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

संस्थाले हाल कायम संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशतको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४० प्रतिशत स्वामित्व हुनेगरी संस्थाको प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सभाले पारित गर्नेछ ।

संस्थाको विशेष साधारणसभा असोज ४ गते बिहान ११ः०० बजेदेखि स्काई लक्सी होटल ईटहरीमा सुरु हुनेछ । संस्थाले विशेष साधारणसभा प्रयोजनार्थ भदौ २५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २४ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको