Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफको सेयर संरचना परिवर्तन, साढे २८ लाख सेयर संस्थापकबाट सर्वसाधारणमा परिणत

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १२ : २४ मा प्रकाशित

एसियन लाइफको सेयर संरचना परिवर्तन, साढे २८ लाख सेयर संस्थापकबाट सर्वसाधारणमा परिणत

एसियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरिएको छ । कम्पनीको अब ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ५१ प्रतिशत सेयर संस्थापक समूहको हुने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज एक सूचना जारी गर्दै परिवर्तित धितोपत्रको संरचना अभिलेख गरिएको जनाएको हो । यस सँगै अब कुल तीन करोड १५ लाख ५३ हजार पाँच कित्ता सेयर मध्ये एक करोड ६० लाख ९२ हजार ३३ कित्ता सेयर संस्थापक समूहको तथा एक करोड ५४ लाख ६० हजार ९ सय ७२ कित्ता सेयर सर्वसाधारण समूहको हुनेछ ।

सेयर संरचना परिवर्तन गरेपछि कम्पनीको करिब २८ लाख ४० हजार थप कित्ता सेयर सर्वसाधारणमा परिणत भएको हो । कम्पनीको यसअघि संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०:४० रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको