Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सले सेयर संरचना परिवर्तन गर्दै, हेर्नुहोस् कति संस्थापक सेयर साधारण सेयर बन्दैछ

अर्थ संसार

विहीबार, १९ पुस २०८०, १० : ५७ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सले सेयर संरचना परिवर्तन गर्दै, हेर्नुहोस् कति संस्थापक सेयर साधारण सेयर बन्दैछ

मेरो माइक्रोफाइनान्सले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले अब ४०.६ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ५९.४० प्रतिशत सेयर संस्थापक समूहको हुने गरि सेयर संरचना हेरफेर गर्न लागेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तन गर्न स्वीकृत भइसकेको उल्लेख गर्दै सेयर संरचना परिवर्तन गर्न अनिच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र निवेदन दिन अनुरोध गरेको छ । कम्पनीको हाल एक करोड ३२ लाख कित्ता बराबरको एक अर्ब ३२ करोड चुक्ता पुँजी रहेको छ । अब १३ लाख २० हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागिएको हो ।

यस अघि ३०.६ प्रतिशत अर्थात ४० लाख ३९ हजार दुई सय कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर ५३ लाख ५९ हजार दुई सय पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको