Like us!
Follow us!
Connect us!
Watch us!

अधिकृत पुँजी बढाएपछि युनिलिभर नेपालको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ११ : ३८ मा प्रकाशित

अधिकृत पुँजी बढाएपछि युनिलिभर नेपालको सेयरमा सकारात्मक सर्किट

युनिलिभर नेपालले आफ्नो अधिकृत पूँजी बढाएसँगै दोस्रो बजारमा सेयरको भाउमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीले आफ्नो अधिकृत पूँजी सात गुणा बढीले बढाएर दुई अर्ब १४ करोड रुपैयाँ पुर्याएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयको अनुमति लिएर कम्पनीले ३० करोड रहेको अधिकृत पूँजी दुई अर्ब १४ करोड रुपैयाँ पुर्याएको हो । 

कम्पनीको चुक्ता पूँजी भने नौ करोड २० लाख ७० हजार रुपैयाँ मात्र रहेको छ । अधिकृत पूँजी वृद्धि गरेसँगै कम्पनीले व्यवसाय विस्तार गर्ने रणनीति लिएको अनुमान सँगै सेयरभाउमा उछाल आएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको