Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तको सेयर संरचना फेरिदै, अब सर्वसाधारण सेयरको हिस्सा कति ?

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १० : २८ मा प्रकाशित

एनएमबि लघुवित्तको सेयर संरचना फेरिदै, अब सर्वसाधारण सेयरको हिस्सा कति ?

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले अब ४० प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ६० प्रतिशत सेयर संस्थापक समूहको हुने गरि सेयर संरचना हेरफेर गर्न लागेको हो ।

लघुवित्तको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकल सेयर संरचना परिवर्तन गर्न पूर्व स्वीकृति लिन नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो । कम्पनीको हाल ७२ लाख १४ हजार ४९१.४८ कित्ता बराबरको ७२ करोड १४ लाख ४९ हजार १४८ रुपैयाँ चुक्ता पुँजी रहेको छ । नयाँ पुँजी संरचना अनुसार अब कम्पनीको संस्थापक सेयर ४३ लाख २८ हजार ६९५.०४ कित्ता हुनेछ ।

यस अघि ३० प्रतिशत अर्थात २१ लाख ६४ हजार ३४७.४४ कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर २८ लाख ८५ हजार ४९६.४४ कित्ता पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको