Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ९० सजिलो ब्रोकरको प्रथम साधारणसभा सम्पन्न

अर्थ संसार

शनिबार, २५ कार्तिक २०८०, १८ : ४९ मा प्रकाशित

ब्रोकर नम्बर ९० सजिलो ब्रोकरको प्रथम साधारणसभा सम्पन्न

सजिलो ब्रोकर लिमिटेडको प्रथम साधारण सभा आज कार्तिक २५ गते शनिवार सिद्धार्थ कटेज, धोविघाट, ललितपुरमा सम्पन्न भएको छ । साधारण सभाले सेयरधनी गोबिन्द शर्मा गैह्रेको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ। सञ्चालक समितिका अन्य पदाधिकारीहरूमा विपिन गैरे, दिपक ज्ञवाली, सुमन कुमार बोहोरा, सानुमैया महर्जन रहेका छन्।

उक्त सभामा प्रथम वार्षिक साधारण सभाको लागि समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ती र वार्षिक वित्तीय विवरण छलफल गरि प्रस्ताव पारित गरिएको छ भने संस्थाको पुजि वृद्धिको लागि आवस्यक प्रबन्ध पत्र नियमावली संसोधन गर्न संचालक समितिलाई सम्पुर्ण अधिकार दिएको छ । 

साथै अध्यक्ष गोबिन्द शर्मा गैह्रेले आफ्नो ब्रोकरले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा सजिलो ब्रोकरलाई स्टक ब्रोकर नम्बर ९० को रुपमा सदस्यता पाएको हो ।कम्पनीले तिहार लगत्तै आफ्नो बिधिवत्त् रूपमा कारोबार सुभारम्भ गर्ने तयारी गरेको छ ।

654f7c57543a5.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको