Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने ?

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, २० : ५८ मा प्रकाशित

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने ?

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले टिकटक बन्द गर्ने निर्णयको आलोचना गरेका छन्। 

साथै महामन्त्री शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आग्रह पनि गरेका छन्। साथै उनले सरकारलाई ,'गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने हो प्रधानमन्त्रीज्यु ?' भन्दै प्रश्न पनि गरेका छन्। 'कि जोखिम रहित उपचार खोज्ने ?'

सरकारको निर्णयबारे शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,'आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रीयो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने ? सरकार स्पष्ट होस्, राज्यले `स्वच्छन्दता´ नियन्त्रण गर्ने हो `स्वतन्त्रता´ नियन्त्रण गर्ने होइन !सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो l सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं l तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !सामाजिक द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ त्यही व्यक्तिको टिकटक बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l टिकटक मनोरञ्जनको साझा स्टेज बनेको छ l कलाकार जन्माएको छ l Live बाट कयौंले कमाएका छन् l व्यवसाय प्रवर्द्धन गरेका छन् l कयौंले सकारात्मक सम्प्रेषण गरेका छन् l दुरुपयोग जो जसले गरे, तिनलाई निरुत्साहित र नियन्त्रणको कडा बिधि बनाउ l"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको