Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा सूचना केन्द्र भन्छ दुर्गा प्रसाईंको नाम ऋण नतिर्नेको कालो सूचीमा अहिलेसम्म छैन

अर्थ संसार

आइतबार, ०३ मंसिर २०८०, १० : ५० मा प्रकाशित

कर्जा सूचना केन्द्र भन्छ दुर्गा प्रसाईंको नाम ऋण नतिर्नेको कालो सूचीमा अहिलेसम्म छैन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर्जा सूचना केन्द्रले क्लिनचिट दिएको छ । उनको नाम हालसम्म ऋण नतिर्नेको कालो सूचीमा नरहेको केन्द्रले जनाएको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेको आरोप लागेपछि प्रसाईंले केन्द्रमा कार्तिक १७ गते निवेदन दिएका थिए । त्यसै निवेदनको जवाफ लेख्दै केन्द्रले कार्तिक २० गतेसम्म उनको नाम ऋण नतिर्नेको कालो सूचीमा नपरेको जनाएको हो ।

व्यवसायी प्रसाईंले पछिल्लो समय राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गरिरहेका छन् । त्यसै अन्तर्गत मङ्सिर ७ गतेदेखि बृहत् नागरिक मुक्ति आन्दोलन थाल्ने उनले उद्घोष गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको