Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणका लागि आईपीओ खुल्यो: मुक्तिनाथ कृषि कम्पनीको सेयरमा आज देखि आवेदन दिन सकिने !

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, ०८ : २० मा प्रकाशित

सर्वसाधारणका लागि आईपीओ खुल्यो: मुक्तिनाथ कृषि कम्पनीको सेयरमा आज देखि आवेदन दिन सकिने !

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज मंसिर ८ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । 

कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ७० करोडको २० प्रतिशतले हुन आउने १४ करोड कित्ता आइपिओ निष्कासनको अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो । त्यसपछि बाकिँ ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको हो ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतममा -१००० कित्ता

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने, आवेदन पूर्ण नपरेमा निष्काशन अवधि मंसिर २२ गतेसम्म । 

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेतगर्छ। 

परियोजना र लागत 

कम्पनीको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको रहेको छ।  यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

कम्पनीले आफ्ना सहायक कम्पनीका रुपमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ आइटेक लिमिटेड तथा मुक्तिनाथ ट्रेडिङ कम्पनी सञ्चालन गर्दै आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको