Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर: नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, ०८ : ०५ मा प्रकाशित

लगानीको अवसर: नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला आजदेखि हुने भएको छ । आज कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणलाई लागि निष्काशन खुला गर्न लागेको कम्पनीले यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरिसकेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्य कम्पनीले पहिलो चरणमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको छ भने २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका र ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

यस बाँडफाँट पछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले १०० रुपैयाँका दरले अब सर्वासाधरणलाई खुलाउने भएको हो। 

थप जानकारी 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतममा -५० हजार कित्ता 

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गते हुनेछ

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको