नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका निमित्त ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन ।
अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस