Like us!
Follow us!
Connect us!
Watch us!

पिसिएल नर्सिङ नाम दर्ता परीक्षामा ८१ प्रतिशत परीक्षार्थी फेल

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १२ : १८ मा प्रकाशित

पिसिएल नर्सिङ नाम दर्ता परीक्षामा ८१ प्रतिशत परीक्षार्थी फेल

पिसिएल नर्सिङ नाम दर्ता परीक्षामा ८१.६६ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

नेपाल नर्सिङ काउन्सिलले लिने लाइसेन्स (नाम दर्ता) परीक्षामा सम्मिलित एक हजार दुई सय ७० विद्यार्थीमध्ये एक हजार २४ जना फेल भएका छन् । परीक्षामा उतीर्ण हुनेको संख्या दुई सय २६ जना अर्थात १९.३४ प्रतिशत मात्रै रहेको छ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर गरि दुई स्थानमा मङ्सिर ९ गते शनिबार लाइसेन्स परीक्षा सम्पन्न भएको थियो ।

यसैगरी बीएस्सी नर्सिङतर्फ भने ४९.०३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । बीएस्सी नर्सिङतर्फ चार सय १४ जनामध्ये परीक्षार्थी रहेकोमा दुई सय तीन जनाले लाइसेन्स परीक्षा उतीर्ण गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको