Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक समीक्षा कहिले ?

सोमबार, ११ मंसिर २०८०, ०८ : ३४ मा प्रकाशित

मौद्रिक समीक्षा कहिले ?

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न गभर्नर महाप्रसाद अधिकारीले ढिलो गरिरहेका छन् । मौद्रिक नीतिको कार्यविधि अनुसार त्रैमास सकिएको एक महिना भित्रमा त्रैमासिक समीक्षा सार्वजनिक गर्नु पर्छ । तर कार्तिक मसान्त भित्रमा सार्वजनिक गर्नुपर्ने समीक्षा मंसिर १० गते सम्ममा पनि आउन सकेको छैन । समीक्षा ढिलो हुनुमा गभर्नर अधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुकुलो नीति ल्याउन दिएको दबाबलाई कारक मानिएको छ ।

गतसाता प्रधानमन्त्रीले सरकारी नियामक तथा निजी क्षेत्रसँग अर्थतन्त्र चलायमान गराउनको लागि दुईदिने छलफल गराएका थिए । जसको लागि राष्ट्र बैंकलाई आउँदै गरेको मौद्रिक समीक्षा खुकुलो ल्याउन दवाव परेको थियो । राष्ट्र बैंक स्रोत भन्छ, गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी थियो तर नयाँ परिस्थिति सृजना भएसँगै गभर्नर ज्यू नै अलमलमा पर्नु भएको छ । गभर्नरले राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बोलाउन ढिलो गरिरहनु छ, आर्थिक अनुसन्धान विभागले कार्तिक मसान्त भित्रै विभागबाट आएका टिप्पणीलाई समेटेर मस्यौदा प्रतिवेदन बुझाइसकेको छ, तर गभर्नरले व्यवस्थापन समितिको बैठक बोलाउनु भएको छैन, उहाँले चाँहे दिउँसो व्यवस्थापन बसी साँझ बोर्ड बैठकले पास गराउँदै एकै दिनमा समीक्षा सार्वजनिक गराउन सक्नुहुन्छ, राष्ट्र बैंक स्रोतले अर्थसंसारलाई बतायो ।

मौद्रिक समीक्षाको लागि आईतबार दिउँसो अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारी बीच पनि अर्थमन्त्रालयमा छलफल भएको थियो । लगानी सम्मेलनको बैठकपछि भएको छलफलमा अर्थमन्त्री डा. महतले अर्थतन्त्र चलायमान गराउनु पर्यो, म मेरो ठाउँबाट लागेको छु, समीक्षा मार्फत राष्ट्र बैंकको साथ चाहियो, अर्थमन्त्रालय स्रोतले भन्यो ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारी अहिले खुकुलो मौद्रिक समीक्षा ल्याउँदा बजारमा उत्पन्न हुने सकारात्मक तथा नकारात्मक असरका सम्बन्धमा विज्ञहरुसँग परामर्शमा छन् । समीक्षा धेरै ढिलो भईसक्यो, अब एक दुई दिन भित्र मै सार्वजनिक गर्ने सोचमा गभर्नर ज्यू पनि हुनुहुन्छ, आर्थिक अनुसन्धान विभागबाट तयार भएको मस्यौदा प्रतिवेदनलाई व्यवस्थापन समितिले त्यसका असरका बारेमा छलफल गरी बुँदागत गर्ने गर्छ, एक किसिमको तयारी बैठक बस्नु पहिल्यै भई सकेको हुन्छ, बैठकले औपचारिकता दिने मात्र हो, राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।  समीक्षा भनेको बार्षिक मौद्रिक नीतिको पुनरावलोकन हो, समयानुकूल नीतिमा परिमार्जन हो, वर्तमानमा बजारको मागलाई बुझ्नु हो, अहिले बजारले नीतिमा पुनर्संरचना तथा पुनरतालिकिकरण खोजेको छ, अबको मौद्रिक समीक्षा सोही बमोजिम आउने सम्भावना छ, उनले अर्थ संसारलाई बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको