Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउ इतिहासकै सर्वाधिक महङ्गो, सुन तोलाको एक लाख १७ हजार चार सय

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, ११ : २६ मा प्रकाशित

सुनचाँदीको भाउ इतिहासकै सर्वाधिक महङ्गो, सुन तोलाको एक लाख १७ हजार चार सय

सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रति तोला पाँच सय रुपैयाँले बढेको छ भने चाँदी प्रति तोला १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनले आज यस अघिको प्रति तोला एक लाख १७ हजारको अल टाइम हाई रेकर्ड टोडेको हो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि आज इतिहासकै उच्च मूल्यमा कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको