Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, ०८ : ०३ मा प्रकाशित

आजको मौसम : पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाकिँ स्थानमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको पनि सम्भावाना रहेको छ । यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्य्म हिमपातको पनि सम्भावना रहेको छ ।

विभागले देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको