Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सले घोषणा गर्यो लाभांश

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १० : ०४ मा प्रकाशित

मञ्जुश्री फाइनान्सले घोषणा गर्यो लाभांश

मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको मङ्सिर १४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने सात करोड ११ लाख ३२ हजार दुई सय २६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्न लागिएको हो ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । राष्ट्र बैंकले स्वीकृति दिएपछी लाभांश प्रस्ताव कम्पनीको साधारणसभामा पेश गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको