Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ तोलाको एक लाख २० हजार आठ सय, चाँदी पनि थप महङ्गियो

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १० : ५९ मा प्रकाशित

सुनको भाउ तोलाको एक लाख २० हजार आठ सय, चाँदी पनि थप महङ्गियो

शुक्रबार सुनचाँदीको मूल्यमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रति तोला १८ सय रुपैयाँले बढेको छ भने चाँदी प्रति तोला पाँच रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यस अघिको प्रति तोला एक लाख १९ हजार तीन सयको अल टाइम हाई रेकर्ड पनि आज टोडेको छ ।

यसैगरी आइतबार चाँदी प्रति तोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको