Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न विश्व बैंकको १० करोड डलर सहुलियतपूर्ण ऋण सहयोग

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १३ : ५२ मा प्रकाशित

नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न विश्व बैंकको १० करोड डलर सहुलियतपूर्ण ऋण सहयोग

नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न सञ्चालन गरिएको एक कार्यक्रमका लागि विश्व बैंकको १० करोड डलर सहुलियतपूर्ण ऋण सहयोग दिने भएको छ ।

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम नाम दिइएको उक्त कार्यक्रमको अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले संयुक्त रुपमा सुरुवात गरेका हुन् । पाँच वर्षे कार्यक्रम सञ्चालनका लागि अन्तर्राष्ट्रिय विकास संस्थाले १० करोड डलर तथा स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिक्रिया कोषले ३८.४ लाख डलर अनुदान दिन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डसँगको सहकार्यमा संघीय, प्रादेशिक र कोशी र गण्डकी प्रदेशमा स्थानीय तहमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३-२०३० जो रणनीतिक उद्देश्य पूरा गर्न कार्यक्रमले सहयोग पुर्याउने जनाइएको छ । कार्यक्रममार्फत नेपालको स्वास्थ्य प्रणालीको प्रभावकारिता बढाउने, स्वास्थ्य क्षेत्रमा दीगो वित्तीय परिचालन तथा सामाजिक सुरक्षा प्रबर्द्धन गर्ने र स्वास्थ्य सेवामा समतामूलक पहुँच विकास गर्ने उद्देश्य लिइएको छ ।

कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको