Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले विभिन्न कोषको ४ अर्ब बढी रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १७ : ०४ मा प्रकाशित

राष्ट्र बैंकले विभिन्न कोषको ४ अर्ब बढी रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले सुरक्षण कोष र उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा उपदान र पेन्सन कोषको तीन अर्ब तीन करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा २ अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुमा ४५ करोड ४५ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १५ करोड १५ लाख रुपैयाँ गरी कुल तीन अर्ब तीन करोड रुपैयाँ राख्न लागेको हो ।

यसैगरी बैंकले कर्मचारी सुरक्षण कोषको एक अर्ब ३६ करोड ८० लाख रुपैयाँ पनि  बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा एक अर्ब ९ करोड ४४ लाख, विकास बैंकहरुमा २० करोड ५२ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ६ करोड ८४ लाख रुपैयाँ गरी कुल एक अर्ब ३६ करोड ८० लाख रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८० पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको