Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरले आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १० : ०१ मा प्रकाशित

पिपुल्स पावरले आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने

पिपुल्स पावरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। 

कम्पनीले हाल कायम रहेको चुक्त पुँजीको १:०५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको जनाएको छ। 
आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी संजना गर्न भन्दै हकप्रद जारी गर्न लागेको हो। 

कम्पनीको हाल कोशी प्रदेश, इलाम जिल्ला स्थित पुवा २ जलविद्युत आयोजना ४.९६ मे. व. बाट २०७९ मंसिर १२ देखि नियमित विद्युत उत्पादन तथा वितरण भईरहेको छ ।  

हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने पूर्ण स्वीकृतिका विद्युत नियमन आयोगमा लैजाने निर्णय पनि गरेको छ।  संचालक समितिको बैठक मंसिर १७ गते अपरान्ह ३:३० बजे बसेको हो। 

656d58098e1e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको