बुधबार सुनचाँदीको मूल्यमा थप गिरावट आएको छ । हिजो सुन प्रति तोला २४ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको थियो । आज सुन थप आठ सय र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।
बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस