Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारणसभा, लाभांश सुरक्षित गर्न कहिले छ बुकक्लोज ?

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १२ : १७ मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारणसभा, लाभांश सुरक्षित गर्न कहिले छ बुकक्लोज ?

नेपाल इन्स्योरेन्स कम्पनीले ७५ औं वार्षिक साधारणसभा बोलाउँदै बुक क्लोज मिति तय गरेको छ ।

मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार एक सय ८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ । यसैगरी कम्पनीले हकप्रद सेयर खरिद गर्ने व्यवस्था अन्य कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सकिने गरी विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको