Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

अर्थ संसार

शनिबार, २३ मंसिर २०८०, ०८ : ३६ मा प्रकाशित

काठमाडौँ महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । 

वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिए ।

महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए  । 

तिहारमा प्लाष्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको