आइसिएफसि फाइनान्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
कम्पनीको मङ्सिर २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार नौ सय साठीको ६.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो ।
कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस