Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोले घोषणा गर्यो लाभांश र साधारणसभा मिति, कहिले छ बुकक्लोज ?

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १० : ४१ मा प्रकाशित

चिलिमे हाइड्रोले घोषणा गर्यो लाभांश र साधारणसभा मिति, कहिले छ बुकक्लोज ?

चिलिमे जलविद्युत कम्पनीले २७ औं वार्षिक साधारणसभाको मिति र लाभांश एकैसाथ घोषणा गरेको छ ।

मङ्सिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । बैठकले कम्पनीले हालको चुक्ता पुँजी सात अर्ब २५ करोड ८१ लाख ७९ हजार दुई सय ७६ रुपैयाँको १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख १७ हजार नौ सय २७ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने निर्णय पनि गरेको छ । 

यसैगरी कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ३६ करोड २९ लाख आठ हजार नौ सय ६३ रुपैयाँ (कर प्रयोजन सहित) नगद लाभांश पनि बाँड्नेछ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको