Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आएमई लघुवित्तले यसपटक नगद लाभांश मात्रै दिने

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, १० : २४ मा प्रकाशित

ग्लोबल आएमई लघुवित्तले यसपटक नगद लाभांश मात्रै दिने

ग्लोबल आएमई लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

लघुवित्तको मङ्सिर २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्न लागेको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको