Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तद्वारा एक दशक यताकै न्यून लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, १० : ४६ मा प्रकाशित

छिमेक लघुवित्तद्वारा एक दशक यताकै न्यून लाभांश घोषणा, बोनस सेयर कति ?

छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीले विगत १० वर्ष यताकै न्यून लाभांश घोषणा गरेको हो ।

लघुवित्तको मङ्सिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने २८ करोड ३५ लाख ४२ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) र ५ प्रतिशतले हुन आउने १४ करोड १७ लाख ७० हजार एक सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको