Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार प्रति तोला सात सयले घट्यो सुनको भाउ, चाँदी भने स्थिर

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, १० : ५९ मा प्रकाशित

मङ्गलबार प्रति तोला सात सयले घट्यो सुनको भाउ, चाँदी भने स्थिर

मङ्गलबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला सात सय रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो । त्यस यता सुनको भाउ प्रतितोला ५३ सय रुपैयाँ घटिसकेको छ ।

मङ्गलबार चाँदी प्रति तोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि अघिल्लो सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता चाँदीको भाउ प्रति तोला एक सय ३५ रुपैयाँले घटिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको