नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिदिएको छ ।
राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको उक्त कम्पनीलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम - ३१ उपविनियम (१) बमोजिम विप्रेषण कारोबार बन्द गर्न बैंकले पूर्वस्वीकृति प्रदान गरेको हो । कारोबार बन्द हुने भएसँगै उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले विप्रेषणसँग सम्बन्धित लेनदेन रकम बाँकी भए सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रूपमा जानकारी दिन पनि बैंकले जनाएको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नभए क्यासवे मनी ट्रान्सफरको बैंक जमानत फुकुवा हुने पनि बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस