प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर एशियन लाईफ इन्स्योरेन्सले बोल कबोल प्रकृयाबाट खरिद गरेको छ।
प्रभु इन्स्योरेन्ससँग रहेको पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर एशियन लाईफले खरिद गरेको हो। प्रभू इन्स्योरेन्सले प्रति कित्ता २८० रुपैयाँ न्यूनत्तम बिक्री मूल्य तोकेको थियो ।
एशियन लाईफले २८० रूपैयाँ कै दरले सबै सेयरमा बोलकबोल मार्फत आवेदन दिएपछि बिक्रीमा राखिएका सबै सेयर एशियन लाइफले नै पाउने भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस