Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा माथिल्लो मैलुङ खोला हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १३ : ४३ मा प्रकाशित

नेप्सेमा माथिल्लो मैलुङ खोला हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्राथमिक शेयर सूचीकृत भएको छ ।

आज असोज २३ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युतबीच १०० रुपैयाँ चुक्ता मूल्य रहेको एक करोड कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो । 

कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको ३० प्रतिशतले हुन आउने ३० लाख कित्ता र संस्थापकको ७० प्रतिशतले हुन आउने ७० लाख कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा MMKJL सिम्बोलमार्फत खरिदबिक्री हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको