Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले यसपटक लाभांश नदिने

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, १० : ४९ मा प्रकाशित

कुमारी बैंकले यसपटक लाभांश नदिने

कुमारी बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

मङ्सिर २८ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय अब नेपाल राष्ट्र बैंक समक्ष पेश गरि साधारणसभामा स्वीकृतिका लैजानेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । कम्पनीले आव २०७८/७९ मा  १२.५ प्रतिशत र आव २०७७/७८ मा ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको