Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले स्नातकोत्तरका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ७५ हजार रुपैयाँ

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, १२ : ४४ मा प्रकाशित

नेप्सेले स्नातकोत्तरका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्दै, प्रथम पुरस्कार ७५ हजार रुपैयाँ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । 

उक्त प्रतियोगिताका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज र क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । “नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शीर्षक दिइएको प्रतियोगितामा सहभागीहरुले पुस १५ गतेसम्म आफ्नो निबन्ध नेप्सेको इमेल ठेगाना [email protected] मा पठाई सक्नुपर्नेछ ।

नेप्सेका अनुसार निबन्ध नेपाली वा अङग्रेजी माध्यममा कम्तिमा २००० देखि बढीमा २५०० शब्द सीमामा हुनु पर्नेछ । निबन्ध पठाउँदा अनिवार्य रुपमा अध्ययनरत कलेज वा क्याम्पसको सिफारीस संलग्न गरेको हुनु पर्नेछ भने अन्यत्र प्रकाशित नभएको र प्रकाशनका लागि अन्यत्र पेश नगरिएको निबन्ध हुनु पर्नेछ ।

निबन्धहरु मध्ये उत्कृष्टताको आधारमा प्रथम पुरस्कार ७५ हजार रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ । एआई टुल्सको प्रयोग गरी तयार गरिएका निबन्धलाई प्रतियोगितामा समावेश नगरिने पनि नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको