Like us!
Follow us!
Connect us!
Watch us!

दुई बैंकको ब्याजदर यथावत रहँदा अरु बैंकको ब्याजदर कतिले घट्यो?

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, ०८ : १७ मा प्रकाशित

दुई बैंकको ब्याजदर यथावत रहँदा अरु बैंकको ब्याजदर कतिले घट्यो?

वाणिज्य बैंकहरूले पुष १ गते देखि लागु हुने ब्याजदर सार्वजनिक गरिसकेका छन्। मंसिरको तुलनामा पुषमा बैंकहरूले ब्याजदर घटाएको देखिएको छ। 

सबैभन्दा धेरै घटाउने बैंक 
पुष महिनाका लागि अरु बैंकको तुलनामा सबैभन्दा धेरै ब्याजदर घटाउने हिमालयन बैंक भंएको छ। बैंकले २ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ८.६०३ प्रतिशत र संस्थागततर्फ ६.६०३ प्रतिशत तय गरेको छ । मंसिरमा बैंकको  व्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज रहेको थियो ।

एक वा एक भन्दा बढि प्रतिशत घटाउने बैंक 

नेपाल एसबिआई बैंकले पुषका लागि १.००३ प्रतिशत घटाएको छ। बैंकले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर तय गरेको छ। मंसिरमा बैंकको व्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज रहेको थियो।

माछापुच्छ्रे बैंकले मंसिरको तुलनामा पुषमा १.००३  प्रतिशत घटाएको छ। यसअघि बैंकले मंसिर २६ गते सार्वजनिक गरेको सूचनामा ब्याजदरमा व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत ब्याज तोकेको थियो । त्यसपछि बैंकले फेरि ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तय गरेको हो । 

तीन बैंक लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकले पुष महिनाका लागि  समान १ प्रतिशत ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तय गरेका छन्।

एकप्रतिशत भन्दा कम घटाउने बैंकहरु 

एनएमबि बैंकले पुषका लागि ०.७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तय गरेको छ । यसअघि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

अर्को बैंक प्राइम बैंकले पुष महिनाका लागि ०.२५ प्रतिशत घटाएको छ।  ब्याजदर घटाएपनि बैंकको  ब्याजदर दोहोरो अंक मै रहेको छ । बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तय गरेको छ । मंसिरमा व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो  ।

यस्तै सिटिजन्स बैंकले पुषका लागि व्यक्तिगततर्फ ०.६ व्रतिशत घटाएर ९.३५ प्रतिशत र संस्थागततर्फ १.३५ प्रतिशत घटाएर ७.३५ प्रतिशत तय गरेको छ। बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.९५ प्रतिशत र संस्थागततर्फ ७.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिद्धार्थ बैंकले पुष महिनाका लागि  ०.७४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत  तय गरेको छ । यसअघिको महिनामा बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल बैंकले पुष महिनाका लागि ०.६६८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५५६ प्रतिशत र संस्थागततर्फ ६.५५६ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कृषि विकास बैंक र नबिल बैंकले पुषका लागि ०.५ प्रतिशत ब्याजदर घटाएका छन् । ब्याजदर घटेपछि कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.०१२ प्रतिशत र संस्थागततर्फ ७.०१२ प्रतिशत ब्याजदर कायम रहेको छ। मंसिरमा व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत ब्याजदर रहेको थियो।नबिल बैंकले व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत पुषलाई तय गरेको छ ।  मंसिरमा व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत ब्याजदर रहेको थियो। 

कुमारी बैंकले पुष महिनालाई ०.३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत ब्याजदर तय गरेको छ । यसअघि मंसिरमा व्यक्तिगततर्फ ९.६१ प्रतिशत र संस्थागततर्फ ७.६१ प्रतिशत ब्याजदर रहेको थियो। 

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुष महिनालाई व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ८.५६ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा व्यक्तिगततर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर राखेको थियो। 

राष्ट्रिय वाणिज्य बैंकले पुषलाई ०.३९ प्रतिशतले ब्याजदर घटाएर व्यक्तिगततर्फ ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत तय गरेको छ । यसअघि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनआईसी एशिया बैंकले पुषमा ०.२९८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत ब्याजदरकायम गरेको छ । मंसिरमा बैंकको व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत रहेको थियो। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पुषका  लागि ०.१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ  । यसअघि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर कायम राखेको थियो ।

ब्याजदर जस्ताको तेस्तै राख्ने बैंक 

मंसिरको तुलनामा पुषमा ब्याजदर समान राख्ने बैंक  प्रभु बैंक र सानिमा बैंक भएका छन्।  यी दुवै बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर पुषलाई तय गरेका छन्। 

ब्याजदर घट्नुको कारण 

केहि महिना देखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउदैं जानुको कारण भनेको प्रयाप्त तरलताको अवस्था हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् नीतिगत दर घटाए पछि बैंकहरुलाई निक्षेपको ब्यादर घटाउनुपर्ने दबाब बनेको थियो । निक्षेपको ब्याजदर घट्दा बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्थामा बैंकहरु पुगेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको