Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, ०९ : २८ मा प्रकाशित

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी

कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् ।

प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरे । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रबार आफ्नो पद बहाली गरेका छन् ।

उक्त स्वागत तथा पद बहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । सुवेदी कामना सेवामा आउनुभन्दा अगाडि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए । 

सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमबाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको