Like us!
Follow us!
Connect us!
Watch us!

दिब्यश्वरी हाइड्रोले हकप्रदको अनुपात घटाउने

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १६ : ०५ मा प्रकाशित

दिब्यश्वरी हाइड्रोले हकप्रदको अनुपात घटाउने

दिब्यश्वरी हाइड्रोले जारी गर्ने तयारी गरेको हकप्रद सेयरको अनुपात घटाउने भएको छ ।

मङ्सिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पहिले जारी गर्ने भनिएको कुल जारी पुँजीको १:२ अनुपातको हकप्रद सेयर जारी प्रस्ताव रद्द गरि अब १:१ अनुपातमा मात्रै हकप्रद जारी गर्ने निर्णय गरेको जनाइएको छ । कम्पनीले अब विद्युत नियमन आयोगबाट स्वीकृति लिएर हकप्रद प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ ।

कम्पनीले हकप्रद बिक्रीबाट उठेको पैसा बैंकको दीर्घकालीन कर्जा भुक्तानी गर्न प्रयोग गरिने पनि जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको