Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १६ : २३ मा प्रकाशित

प्रभु महालक्ष्मी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएको छ ।

साबिकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र सूचीकृत नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एकआपसमा १:१ अनुपातमा मर्जर पश्चात हुन आएको एक सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यका ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो । मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ । हाल सूचीकरण भएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड १० लाख कित्ता संस्थापक शेयर र यस भन्दा अघि सूचीकृत साबिकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड १९ लाख ६० हजार कित्ता गरी कुल ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो । उक्त सेयर अब PMLI टिकर मार्फत कारोबार हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको