Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपाल​मा इन्साइडर ट्रेडिङ भएको हो? तथ्य र तथ्याङ्क भन्छ केहि त गडबड छ

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, २३ : ३४ मा प्रकाशित

एलआईसी नेपाल​मा इन्साइडर ट्रेडिङ भएको हो? तथ्य र तथ्याङ्क भन्छ केहि त गडबड छ

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल विरुद्ध आइतबार नेपाल धितोपत्र बोर्डमा उजुरी दर्ता भयो। लगानीकर्ता कुमारबहादुर आचार्यले कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकले हकप्रद सेयर जारी गर्ने नाममा बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङ मार्फत अनियमितता गरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै बोर्डमा उजुरी दिएका छन्। 

लगानीकर्ताले कम्पनी माथि विभिन्न ८ बुदामा इन्साइडर कारोबार गरेको दाबी गरिएको छ । कम्पनी माथि उनले लगाएको आरोपको तथ्याङ्क र तथ्यको आधारमा विश्लेषण र चिरफार गरेका छौ। 

आरोप १.एलआईसी नेपालले २०२२ अगष्ट ३० तारिख(२०७९ भदौ १४) गते) हकप्रद सेयर जारी गर्ने घोषणा गरेको तर सो भन्दा २ महिना अघिदेखि नै कम्पनीको सेयर मूल्य ३२ प्रतिशतसम्मले वृद्धि गरेर १४ सय रुपैयाँसम्म पुर्याएको 

चिरफार : 
एलआईसी नेपाल​ले राइट सेयर घोषणा गरेको मिति भाद्र १४ २०७९ वरिपरि कम्पनीको मूल्य १४५० वरिपरि घुमेको देखिन्छ। तर यो मुल्य असार महिनाको सुरुवात देखि नै बढेको देखिन्छ। त्यसबेला कम्पनीको मूल्य १०८० रुपैयाँको वरिपरि देखिन्छ। कम्पनीको मूल्य एकाएक हकप्रदको निर्णयको अगाडी बढ्नुले लगानीकर्ताले लगाए झैँ इन्साइडर ट्रेडिङ गरिएको हो कि भन्ने प्रश्न उठ्ने ठाउँ देखिन्छ। 

आरोप २, ३ र ४  

कम्पनीले २०८० असार १५ गते नेपाल बीमा प्राधिकरणबाट आफ्नो चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको।
बीमा प्राधिकरणबाट हकप्रद सेयरको अनुमति पाएर त्यसको साढे ३ महिनासम्म कम्पनीले उक्त सूचना लुकाएको। 
प्राधिकरणबाट स्वीकृति लिएको साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर जारी गरिपाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको ।


चिरफार :एलआईसी नेपाल​ले राइट सेयर घोषणा गरेको मिति भाद्र १४ २०७९ पछि नेपाल बीमा प्राधिकरणबाट २०८० असार १५ मा स्वीकृति पाएको देखिन्छ। तर बिमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरेपछ्यात कम्पनीले तीन महिना लगाएको पनि नेपाल धितोपत्र बोर्ड कै राइट सेयर पाइपलाइनले पुष्टी गर्छ। 

आरोप ५, ६ र ७ 
कम्पनीले प्राधिकरणलाई लेखेको पत्रमा नेपाल धितोपत्र बोर्डबाट ढिलाई भएकाले छिटो हकप्रद सेयर जारी गर्न नसकेको आरोप लगाएको ।
सो बीचमा कम्पनीले सेयरको मूल्यमा चलखेल गरेको तथ्यहरुले नै देखाउँछ ।
बोर्डमा निवेदन दिएपछि पनि कम्पनीले स्वीकृति पाउनका लागि थप ताकेता नगरेको, एकै पटक २०८० मंसिर १३ गते मात्रै बोर्डलाई अर्काे पत्र लेखेर हकप्रदको अनुमति छिटो पाउँ भनेको ।

चिरफार : बिमा कम्पनीहरुको नियामक संस्था नेपाल बीमा प्राधिकरणलेलाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई दिएको हकप्रद स्वीकृति पछ्यात हकप्रद स्वीकृति लिएको लामो समय सम्म कम्पनीले आलटाल गरेपछि कम्पनीलाई स्पष्टीकरण सोधेको थियो। बीमा प्राधिकरणलाई हकप्रद सेयरमा भएको ढिलाईका बारेमा नेपाल धितोपत्र बोर्डको नाम जोडेर गोलमटोल दिएर ढिलाई गर्ने आफु नभई नेपाल धितोपत्र बोर्डको प्रकिया रहेको बताएको थियो। त्यसपछि उल्टै नेपाल धितोपत्र बोर्डलाई मंसिर १३ गते पत्र लेखेर हकप्रदको अनुमति छिटो पाउँ भनेर   निवेदन दिएको देखिन्छ। 

अन्तमा लगानीकर्ता कुमारबहादुर आचार्यले कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकले हकप्रद सेयर जारी गर्ने नाममा बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङ मार्फत अनियमितता गरेको भन्दै छानबिन गर्न उठाएको मागमा देखिएका तथ्याङ्क र तथ्यहरूलाई नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धान गरेर मात्र हकप्रदका लागि अनुमति दिनु उचित देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको