Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, ०७ : ५३ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज (भदौ १२ गते) रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

सभाको मिति र प्रस्तावित लाभांश

कम्पनीले १७ औं वार्षिक साधारण सभा आगामी भदौ २५ गते, बुधबार, काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा आह्वान गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश गरी कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

कम्पनीको हालको चुक्ता पुँजी रु. १ अर्ब ४१ करोड ५७ लाख रहेको छ। साधारणसभाले प्रस्ताव पारित गरेपछि बोनस र नगद लाभांश दुवै सेयरधनीमा वितरण गरिनेछ।

सभामा पेश हुने प्रमुख प्रस्तावहरू

साधारण सभामा विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पेश हुनेछन्।

सामान्य प्रस्तावहरू

  • सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल र पारित।

  • लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, आय–व्यय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल र स्वीकृति।

  • आगामी आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण।

  • कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश (रु. ८९ लाख ४१ हजार २६५) स्वीकृत गर्ने।

  • समूह ‘क’ का शेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन।

  • स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन।

विशेष प्रस्तावहरू

  • चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर (रु. १६ करोड ९८ लाख ८४ हजार) वितरण गर्ने।

  • कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने।

  • प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न नियामक निकायले सुझाव/निर्देशन दिएमा सो अनुसार संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको