Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, ०७ : १० मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ६) अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कार्तिक ७ लाई बुक क्लोज तोकेको छ । जस अनुसार आजसम्म कायम कायम सेयरधनीले मात्रै सभामा भाग लिन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको घोषणा गरेको छ ।

कम्पनीले उक्त लाभासं पारित गर्ने प्रस्ताव सहित कात्तिक २५ गते  सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ । । सभा आम्रपाली ब्यांक्वेट काठमाडौंमा सभा बिहान १० बजेदेखि शुरू हुने कम्पनीको सुचनामा उल्लेख छ। 

सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र एक जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको